‘प्रेमी’की श्रीमती कुट्ने राज्यमन्त्री वलीलाई छुटाउन मुख्यमन्त्री केसीको दबाब

फाइल तस्विर
फाइल तस्विर

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री (वली)लाई छुटाउन मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)ले प्रहरी प्रशासनलाई दबाब दिइरहेका छन्।

मुख्यमन्त्री केसीले बारम्बार प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फोन गरेर छाड्नका लागि दबाब दिइरहेको प्रहरीनिकट स्रोतले जनाएकाे छ।



प्रेमीकाे घरमा पुगेर ‘मेराे पाेई खाेई’ भन्दै ढाेका हानेकी थिइन् राज्यमन्त्री वलीले

 

‘प्रेमी’की श्रीमती कुट्ने राज्यमन्त्री विमला वली पक्राउ



राज्यमन्त्री वलीलाई प्रहरीले आज बिहान तुलसीपुर–५ मा एक महिला र महिलाको छोरीलाई हातपात गरेको अरोपमा पक्राउ गरेको थियो। पक्राउपछि इलाका प्रहरी कार्यालय तुलसीपुरमा छानविन भइरहेकाे छ।

तर, इप्रकामा छानविन गर्न समस्या हुने भन्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा एसपी सुरेशप्रसाद काफ्लेले राज्यमन्त्री वलीलाई जिल्ला ल्याउन भनेका थिए।

तर, वलीलाई जिल्लामा ल्याएको भनिएता पनि कहाँ राखिएको छ भन्ने कुरा अहिलेसम्म बाहिर आउन सकेको छैन। जिल्ला प्रहरी कार्यालय दाङमा यस विषयमा कुनै जानकारी नै छैन।

एसपी काफ्ले र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पत्रकारको फोन उठाएका छैनन् भने आधिकारीक रुपमा यो समाचार तयार पार्दासम्म कुनै जानकारी दिएका छैनन्।

यद्यपि प्रमुख जिल्ला अधिकारी रेग्मीले आफूलाई यसबारे खासै जानकारी नभएको सञ्चारकर्मीलाई जनाएका छन्। उता एसपी काफ्लेको फोन भने निरन्तर ब्यस्त छ।

यसअघि तुलसीपुरमा पनि पत्रकारलाई रिपोर्टिङ गर्न रोक लगाइएको थियो। ईलाका प्रहरी कार्यालयभित्र प्रवेश गर्न रोक लगाइएको थियो। स्रोतकाअनुसार राज्यमन्त्री वलीलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी बुटवल लैजान लागिएको छ।

थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: : 2022-06-14 21:03:00

प्रतिकृया दिनुहोस्