काठमाडौं महानगरकाे सार्वजनिक शौचालयबारे के भन्छन् सर्वसाधारण? (भिडियाे)

ममता आचार्य

काठमाडौं
Breaknlinks
Breaknlinks

मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) निर्वाचित भए। मेयरमा निर्वाचित भएसँगै बालेनले विभिन्न कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए। साेही कार्ययाेजनामा सार्वजनिक शाैचालय पनि राखेका छन्।

महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट बैंक, व्यापारिक भवन, कम्पनी, फर्म, गैरसरकारी संघसंस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकलाई कामपाले सार्वजनिक निजी साझेदारी इकाइमा सम्पर्क राख्न आग्रह गरेकाे छ।

सार्वजनिक शौचालय बनाउन मिल्ने स्थानहरुमा शौचालय बनाउन महानगरसँग एक हप्ताभित्र सम्झौता गर्न आग्रहसमेत गरेकाे छ।

महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि निलो पृष्ठभूमिको सङ्केत चिन्न तयार गरेको छ। चिन्न तयार भएसँगै कामपाले सार्वजनिक शौचालय सञ्चालनको लागि इच्छा भएका संघसंस्थालाई सम्पर्क गर्न पनि आग्रह गरेको छ।

बालेनको यस योजनालाई हालसम्म नबिल बैंकका अठार शाखाहरुले महानगरसँग सम्झैता गरेको छ भने अन्य संघसंस्थाहरु पनि सम्झौता गर्ने क्रममा छन्। जसमा लोगो रेखाभित्र निलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको बिच भागमा सेतो रङमा महिला र पुरुषको चिन्ह रहेको छ। सङ्केत चिन्हको अन्तिममा अङ्ग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ।

बालेनको उक्त आग्रह काठमाडौं महानगरले मात्र नभई अन्य नगरपालिकाहरुले पनि पालना गरेका छन्। यस्तै अन्य विभिन्न जिल्लाहरुका होटल व्यवसायीहरुले पनि बालेनको समर्थनमा होटल तथा रेष्टुरेन्टहरुमा सार्वजनिक शौचालय बनाएका छन्।

सर्वसाधारणको सहजताका लागि कामपाको सञ्चालन गर्न थालिएकाे शौचालय पहिलो चरणमा करिब ६० शौचालय प्रयोगमा ल्याउने भएको छ। जुन निशुल्क प्रयाेग गर्न सकिन्छ।

महानगरकाे याे कार्यले सबैलाई सहज भएकाे सर्वसाधारण बताउँछन्। ललितपुरका सरोज केसी बालेनकाे याे कदम राम्राे रहेकाे बताउँछन्।

‘बालेनले गरेको यो निर्णय एकदम राम्रो छ। सार्वजनिक स्थलमा समेत शाैचालय नहुँदा धेरै मानिसहरुले सास्ती खेपिरहनु परेकाे छ’, उनी भन्छन्, ‘यस निर्णयले पक्कै पनि जनताहरुलाई सहज बनाउँछ। अर्काेतर्फ व्यवसायीहरुमा पनि यसले केही मात्रामा सहयोग पुर्याउँछ।’

काठमाडौंका श्याम फुँयाल पनि बालेनको निर्णयले निकै खुसी छन्। भन्छन्, ‘बालेनको यस निर्णय नयाँ धारणा हो। सार्वजनिक स्थलमा शौचालय नहुँदा हुने समस्या भने कम हुन्छ। यसमा हामी सबैले साथ दिनुपर्छ।’

काठमाडौं जस्तो व्यस्त शहरमा ठाउँठाउँमा शाैचालय राख्दा नयाँ सोचले पूर्णता पाएको फुँयाल बताउँछन्।

यता बालेनकाे याे कदमलाई खड्माई तिमिल्सिनाकाे पनि पूर्ण समर्थन छ। ‘बालेनले गरेको यो निर्णय राम्राे छ। यसबाट हामी खुसी छौँ, उनी भन्छन्, ‘सार्वजनिक स्थलमा शाैचालय हुँदा हामी जस्ता बुढाबुढीहरु निकै सहज हुन्छ। यो कुरामा सहमत हुनु त धेरै राम्राे हाे तर विरोध कसैले पनि गर्नुहुँदैन।

प्रकाशित मिति: : 2022-06-10 18:16:00

प्रतिकृया दिनुहोस्