कांग्रेस पोखरा महानगर कमिटी विवाद : स्पष्टीकरणको वैधानिक आधार नै भएन

file photo
file photo

नेपाली कांग्रेस पोखरा महानगर कमिटीका सचिव गणेशबहादुर थापाले केही समयअघि एउटा विज्ञप्ति निकालेका थिए।

स्थानीय तहको चुनावमा सहभागी मतदातालाई धन्यवाद दिँदै निकालेको उक्त विज्ञप्तिबारे महानगर कमिटी सभापति सुरेन्द्रमान बिजुक्छेले स्पष्टीकरण सोधेका थिए।

सभापति बिजुक्छेले थापाले पार्टीको लेटर प्याडको दुरुपयोग गरेको गम्भीर आरोप समेत लगाएका थिए। बिजुक्छेले सोधेको उक्त स्पष्टीकरणको थापाले जवाफ फर्काएका छन्।

स्पष्टीकरण जवाफ फर्काउँदै थापाले स्पष्टीकरणको कुनै वैधानिक आधार नै नभएको बताएका छन्।

‘भापतिज्यु तपाईंले मलाई स्पष्टीकरण माग्नुको वैधानिक आधार के छ? नेपाली कांग्रेस पोखरा महानगर कार्यसमिति सचिव रहि रहँदा मैले पदीय दुरुपयोग गरी नेपाली कांग्रेसको कुन चाहिँ स्रोत साधन वा नेपाली कांग्रेसको विधान र नियमावली रहको कुन चाहिँ व्यवस्था र आंचारसंहिता उल्लंघन गरें?’ उनले प्रश्न गरेका छन्।

स्पष्टीकरण कहिल्यै गोप्य नहुने भन्दै उनले स्पष्टीकरण लिनु पूर्व छानविन समितिले उजुरिमा लगाएका आरोप छानविन गर्दा समिति लगाएको आरोप सत्यको नजिक देखिन आएमा आरोपित व्यक्ति वा सस्था सग स्पष्टीकरण सोधिने जिकिर गरेका छन्।

‘यो व्यवस्था सार्वजनिक संध सस्था संचालनको सामान्य वैधानिक व्यवस्था पनि हो र यो सार्वजनिक सरोकारको बिषय पनि। सूचनाको हकसम्बन्धी ऐन २०६४ ले सार्वजनिक सरोकारको विषयमा नेपाली नागरिक सुसुचित हुन पाउने अधिकारको सुनिश्चित गरेको छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्। ०७९ जेठ १९ मा बिजुक्छेले थापालाई स्पष्टीकरण सोधेका थिए।

प्रकाशित मिति: : 2022-06-09 17:10:00

प्रतिकृया दिनुहोस्