सिसडोलबासीले कहिले पाउलान् फोहोरबाट उन्मुक्ति ?

लामाे समयदेखि काठमाडाैँ उपत्यकाको फोहाेर व्यवस्थापन नहुँदा सबैको टाउको दुखाइको विषय बनेको छ। पछिल्लाे समय काठमाडाैँ समस्या भनेकै फाेहाेर रहेकाे धेरैकाे बुझाइ छ।

दिनहुँ जसाे सडकमा हिँड्ने मानिसहरूले फाेहाेरकै कारण निकै सास्ती बेहाेर्नु परेकाे छ। काठमाडाैँ हरेक सडक, चाेक, गल्लीहरू हेर्ने हाे भने कतै खाली छैन हाेला फाेहाेर नभएका ठाउँहरू। जता हेर्याे उतै फोहोरका थुप्रो छन्।

फोहोर व्यवस्थापनको बारेमा छलफल नभएका पनि हाेइनन्। सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच पटकपटक छलफल पनि भइरहेकै छ। तर पनि दीर्घकालीन व्यवस्थानपनबारे उचित निष्कर्ष ननिस्कँदा फाेहाेरकाे समस्या समाधान हुन सकेकाे छैन।

आजभन्दा १७ वर्ष अगाडिदेखि नै काठमाडौँ उपत्यकाको फोहोर नुवाकाेटकाे सिसडोलमा लगेर विसर्जन गर्ने गरिएकाे थियाे। तर, त्यहाँका स्थानीयहरूले फाेहाेरकाे कारण आफूहरुलाई असज भएकाे भन्दै पटकपटक विराेध गर्दै आएका छन्।

हालैका दिनहरुमा पनि सिसडोलका स्थानीय बासिन्दाहरुले फोहोर फाल्न अवराेध गरेपछि झन तनाव बढ्न थालेको छ।

फोहोरको राम्रो व्यवस्था नहुँदा सिसडोल पुग्नुभन्दा १ किलोमिटर अगाडिदेखि नै फोहोरको दुर्गन्ध आउने गरेकाे छ। सो ठाउँमा आँखाले हेरेर भ्याई नसक्नुको फोहोर छ, त्यहाँ समस्या फोहोरको मात्र नभएर बाटोमा जमेको पानीको समेत रहेछ।

१७ वर्ष अघिसम्म सिसडोल प्राकृतिक साैन्दर्यताले भरिपूर्ण ठाउँ रहेकाे स्थानीय बताउँछन्। तर जब सिसडोलमा काठमाडौँको फोहोर ओर्सान थालियाे, त्यसपछि भने त्याे ठाउँ कुरुप हुन थाल्यो। प्रकृतिले हराभरा हुनुपर्ने ठाउँ अहिले फोहोरले भरिएछि खुट्टा टेक्नसमेत गाह्रो परेकाे छ।

बिएल नेपाली सेवाकाे टाेली सिसडोल पुग्दा त्यहाँका स्थानीयहरु निकै नै आक्रोसित देखिन्थे। आक्रोसित पनि किन नहुन्, त्यहाँ पुग्नुभन्दा निकै अगाडिदेखि नै फोहोरबाट निकै दुर्गन्ध आइरहेको थियो।

मगंलबार बिएलको टोली सिसडोल पुग्दा काठमाडौँबाट फोहोर लिएर सयौँ गाडी त्यहाँ जाँदै थियाे। कतिपय ट्रकका पांग्रा हिलोमा फसिरहेको थियो, जसले गर्दा बाटो जामसमेत हुन पुगेको थियो।

फाेहाेरकै कारण त्यहाँ पुग्ने जाे काेहीलाई पनि सास फेर्न समेत निकै गाह्रो बनाउँथ्याे। बाटोमा खाल्डाखुल्डी, त्यसमाथि खाल्डा खुल्डीमा जमेको पानीले झन समस्या बनाउने।

बन्चरेडाडाँमा फाेहाेर फाल्न पुगेकाे गाडीलाई स्थानीयहरुले रोक लगाएपछि फोहोर बोकेका सयौँ ट्रकहरु अलपत्र अवस्थामा थिए। प्रहरी बलमा केही गाडीले फोहोर फाले पनि कतिपय गाडीहरू भने राेकिए।

फोहोरकै कारणले गर्दा त्यहाँ बालीनाली उत्पादनमा निकै नै समस्या आइरहेको स्थानीय बासीन्दनहरुकाे गुनासाे छ।

फोहोरको उचित व्यवस्थापन के र कसरी गर्ने भन्ने अनुसन्धान गर्न मगंलबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिक टोलीहरु र नेप्लिज फार्मिङ इन्टिट्युडहरूकाे टोली पनि सिसडोल पुगेकाे थियाे।

नास्टका वैज्ञानिकहरुले फोहोरले सिसडालमा प्रदूषित पारेको पानी, हावामा मिसिएकाे फाेहाेरलगायतका बारेमा सर्वेक्षण गरेका थिए। त्यस्तै नेप्लिज फार्मिङ इन्टिट्युडका टोलीले फोहोरबाट आउने प्रदूषित हावा र फोहोरमा भएको जिवाणु मार्न आफ्नो टेक्नोलोजी कसरी उपयोग गर्ने भन्नेबारे अवलाेकन गरेका थिए।

सिसडोलमा वैज्ञानिकहरूले गरेकाे अनुसन्धानको लिचेड, पानीको स्रोत र ग्याँसको परीक्षणका लागि नमूना संकलन गर्नुका साथै फोहोरको दुर्गन्ध हटाउने उपायबारे अध्ययन गर्ने योजना छ।

प्रकाशित मिति: : 2022-06-10 14:13:00

प्रतिकृया दिनुहोस्