‘नेपाल विश्वविद्यालय : पाठ्यक्रम र पढाउने शैली फरक’

अनलाइनखबर

डा.अमिना सिंह

विश्वविद्यालयको अभावले अथवा भएका विश्वविद्यालय पर्याप्त भएनन् भनेर नेपाल विश्वविद्यालयको परिकल्पना भएको होइन । अथवा भएका विश्वविद्यालयले शिक्षित जनशक्ति उत्पादन गर्न सकेनन् भनेर पनि होइन ।

अहिले भएका हाम्रा विश्वविद्यालयबाट शिक्षित उत्पादन भइरहेका छन् । अहिलेसम्मका हाम्रा जति पनि विश्वविद्यालय छन् उनीहरूले राम्रो काम गरेका/गरिरहेका छन् । विभिन्न क्षेत्रमा जनशक्ति उत्पादन गरिरहेका छन् ।

तर, त्यसले अहिलेको शैक्षिक प्रणालीमा कस्तो जनशक्ति आवश्यकता छ र त्यो पूरा भइरहेको छ/छैन भन्ने हो । शिक्षित जनशक्तिको पनि आवश्यकता छ तर, मुलुकलाई त्यतिले मात्रै पुग्दैन । आलोचनात्मक रूपमा सोच्न सक्ने जनशक्ति उत्पादन हुनुपर्छ । त्यो हामीले गर्नुपर्छ भन्ने हो ।

प्रकाशित मिति: : 2022-06-07 11:14:00

प्रतिकृया दिनुहोस्