कांग्रेसले पछारेका राजुसिंह स्वतन्त्रबाट चम्किए

पञ्चायकालमा जुम्लाका दुई जना ठूला नेता थिए। एक जना हरिचन्द्र महत र अर्का अदनसिंह कठायत। दुबैजना राजावादी भएपनि उनीहरुबीच चर्काे प्रतिस्पर्धा हुन्थ्यो। प्रतिस्पर्धामा कहिले महत बाजी मार्थे त कहिले कठायत।

महतका आफ्नै सन्तानबाट राजनीतिमा काेही आएकाे छैन। कठायत परिवारबाट भने उनका साईला छाेरा राजुसिंह कठायत राजनीतिमा आए। तर, कठायतकाे राजनीतिक यात्रा भने बेग्लै खालकाे छ।



युवाकाे जाेसले चुनाव जितेँ, बुद्धिजीवीकाे सल्लाहले नगरपालिका हाँक्छु : राजुसिंह कठायत

जुम्लाको चन्दननाथमा स्वतन्त्र उम्मेदवार राजु र कांग्रेसकी रामदेवी विजयी



२०५४ सालकाे स्थानीय निकायकाे निर्वाचनमा चन्दननाथ गाविसकाे वडा नम्बर सातबाट राजुसिंह कठायत वडा अध्यक्षमा स्वतन्त्र लडेर जितेका थिए। त्यसबेला उनकाे प्रतिस्पर्धा कांग्रेससँग परेकाे थियाे।

जाे पार्टीसँग चुनावमा कडा टक्कर परेकाे थियाे। उनी त्यही पार्टीको कार्यकर्ता बन्नुपर्ने दिन आयाे। राजनीतिमा असम्भव भन्ने केही हुँदैन भनेजस्तो उनी कांग्रेस पार्टीमै लाग्नुपर्ने वातावरण यसरी तयार भएकाे थियाे।

लक्षिमान बाेहाेरा, दीपबहादुर शाही लगायत साथीसंगी सबै कांग्रेस पार्टीको राजनीति गरिरहेका थिए। रात दिन संगत हुने साथीहरुकाे प्रभाव एकातिर थियाे। अर्काेतिर शासन सत्ता राजाले हातमा लिदा जिल्ला विकास समितिमा टिके सभापति बनाउने चलन थियाे।

तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्रीकृष्ण श्रेष्ठ, कर्नेल रामनाथ ढुंगाना कर्नेल, जर्नेल राजु प्रताप केसी मार्फत् उनलाई जिल्ला विकास समितिकाे टिके सभापति बन्न प्रस्ताव आएकाे थियाे। त्यसबेला उनका बुबा अदनसिंह कठायतले काठमाडौंबाट फाेन गरेर मान्दिनु भनेका थिए। बाहिर मुखले हुन्छ भनेपनि उनकाे मनले मानेकाे थिएन।

‘जनताकाे मतले निर्वाचित भएकाे पद पाे पद भन्नू त। टीका लगाएर कसरी नेता बन्नु भन्ने लाग्याे,’ उनले भने, ‘त्यही बेला प्रजातान्त्रिक कांग्रेसकाे जिल्ला अधिवेशन भइरहेको थियाे। त्यही माैकामा मैले कांग्रेस प्रवेश गरे।’

उनी कांग्रेस प्रवेश गरेपछि धनबहादुर थापा सभापति भए।

परिस्थितिले राजुसिंह कांग्रेस बने पनि पार्टी राजनीति फापेन। उनले राेजेकाे प्रजातान्त्रिक कांग्रेसपछि गिरिजाप्रसाद काेइरालाकाे नेपाली कांग्रेससँग मिले पनि त्यसबेला देउवाकाे केही लाग्दैन थियाे। पार्टीमा काेइराला पक्ष हावी थियाे।

जब उनी काेइराला समूहमा लागे तब भने पार्टीमा लगातार देउवा समूह हावी भयाे। पार्टीभित्रकाे सत्ता कहिले पनि उनकाे पक्षमा भएन। तर, उनी जनता र कार्यकर्ताका प्यारा थिए।

२०७४ सालकाे स्थानीय तह निर्वाचनकाे बेला चन्दननाथ नगरपालिकाका दश वटै वडा समिति र जिल्ला कार्यसमिति समेतले एक मतले निर्णय गरी मेयरमा उनकाे नाम सिफारिस गरेकाे थियाे।

'अन्तिम समयसम्म मलाई ललितजंग दाजुले टिकट मेराे खल्तीमा छ चिन्ता नगर भन्नुभएको थियाे,' उनले भने, 'कान्तिका सेजुवालले आफ्नाे नाम प्रदेश माननीयकाे लागि सर्वसहमति गर्ने हाे भने मलाई मेयर छाेडिदिन्छु भन्नुभयो। मैले ग्यारेन्टी गर्न सकिनँ।'

मेयरकाे उम्मेदवार बन्न तयार रहेका राजुसिंहले जिल खाने गरी मनाेनयनकाे अन्तिम समयमा टिकट कान्तिका सेजुवालकाे नाममा आयाे। यतिबेला उनलाई लाग्छ,'त्यसबेला कान्तिका सेजुवाले ललितजंग दाजुलाई मन्त्री हुन सहयोग गर्ने र यता उहाँलाई मेयर बनाउने साँटघाँट भएपछिकाे सिकार  म भएजस्ताे लाग्छ।'

त्यसबेला राजुसिंहलाई टिकट नदिएकाे भनी नगरपालिकाका दसवटा वडामध्ये पाँच वटामा अध्यक्षकाे मनाेनयन समेत दर्ता गरिएन। कान्तिका सेजुवालकाे विरुद्धमा बजारमा र्‍याली निकालियाे। तर, पछि उनै राजुसिंह गाउँ–गाउँमा गएर कान्तिकालाई जिताईदिन जनतालाई आग्रह गरे। उनले जितिन पनि।

पछि उनलाई पार्टीले प्रदेश सांसदकाे टिकट दियाे। त्यसबेला एकजना पनि उनकाे विपक्षमा उभिएन। एकातिर वाम गठबन्धनकाे हल्ला चलेकाे अर्कोतिर उनी पीडित हुनाले विपक्षमा उभिने आँट कसैले नगर्दा उनी प्रदेश सभाकाे चुनावका लागि कांग्रेसकाे तर्फबाट सर्वसम्मत उम्मेदवार बने।

त्यसकाे केही दिनमै वाम गठबन्धन भयाे। उनी आगाेकाे भुंग्राेमा पसेजस्तरी चुनाव लडे। परिणाम त पहिल्यै थाहा थियाे। पार्टीबाट चुनाव लडेका उनले हारकाे स्वाद चाखे।

यतिबेलाकाे स्थानीय तह निर्वाचनमा कार्यकर्ताबाट फेरि पनि कठायतकै नाम आयाे। जिल्ला कार्यसमितिले एक नम्बरमा नाम सिफारिस गर्‍यो। तर, टिकट पाँचौ नम्बरका पदमबहादुर शाहीको नाममा आएपछि उनी असन्तुष्ट बने।

हरेक जितिने निर्वाचनमा उनी उम्मेदवार बन्नबाट बञ्चित भएपछि स्वतन्त्र लडे। यतिबेला उनलाई साथ दियाे, नेकपा (एकीकृत समाजवादी)ले। निकै प्रतिस्पर्धात्मक रहेकाे याे निर्वाचनमा झिनाे मतान्तरले उनी विजयी भए।

वडा अध्यक्षमा हाेस् या मेयरमा स्वतन्त्र उम्मेदवारी दिदा फापेका राजुसिंहलाई २०७४ सालमा ठूलाे गल्ती गरिएकाे जस्ताे लाग्छ।

'पार्टीबाट बारम्बार धाेका खाइने रहेछ। त्यसबेला मेयरमै स्वतन्त्र उम्मेदवारी दिएकाे भए हुने थियाे जस्ताे लाग्छ,' उनले भने,'यतिबेला जस्ताे कसैसँग समीकरण गर्नु समेत पर्ने थिएन।'

प्रकाशित मिति: : 2022-06-07 18:50:00

प्रतिकृया दिनुहोस्

    उग्र प्रतिक्रियाकाे लागि बधाई छ, ।स्वतन्त्रकाे मजा कसैका पृती प्रति लगाउन मिल्दैन ,। अहिले नि बजार देखियाे त, हिजाे राणी भनिन सत्ताे सराप गर्ने जाईपाई भएका थप कुरा नगराै, दुखद प्रतिकि्या नदिनु, सामाजिक हुनु दाई, । यस्ता अभिब्यक्तिले हामी स्वार्थ रहितलाई जलन हुन्छ

    • एक बर्ष अगाडि
    • भुवन सेजुवाल