युवाकाे जाेसले चुनाव जितेँ, बुद्धिजीवीकाे सल्लाहले नगरपालिका हाँक्छु : राजुसिंह कठायत (अन्तर्वार्ता)

जुम्लाकाे चन्दननाथ नगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत विजयी भएका छन्। नेपाली काँग्रेसका नेता समेत रहेका कठायतले पार्टीले टिकट नदिएपछि नेकपा (एकीकृत समाजवादी)सँग तालमेल गरेर चुनावी मैदानमा उत्रिएका थिए। अन्तत: उनलाई पार्टीले नपात्याए पनि जनताले भने पत्याए। अब उनले चन्दननाथ नगरपालिका हाँक्ने छन्।

मंगलबार मेयर पदमा निर्वाचित भएका कठायतसँग बिएल नेपाली सेवाकाे टाेलीले गरेकाे छाेटाे कुराकानीकाे सम्पादित अंश प्रस्तुत छ:


तपाईं निर्वाचित भइसक्नुभयाे, अब नगरपालिका कस्तो हुन्छ ?

हामीलाई विजयी गराउनु भएकोमा सबैलाई धन्यवाद। र, हामी युवै–युवा साथीहरु आएको छौँ। म लागयता १० वटै वडामा सम्पूर्ण युवा आउनु भएको छ, उपमेयर पनि युवा नै हुनुहुन्छ। त्यसैले अब हामी सबै मिलेर नयाँ सोचका साथ अगाडि बढ्छौँ।

यहाँ भएका मुख्य समस्या बत्ति र पानीको व्यवस्थापन कसरी गर्नुहुन्छ ?

यो कुरा त हामीले घोषणा पत्रमै पनि भनेका थियौँ। त्यस्तै सरसफाईमा पनि ध्यान दिनेछौँ। सबै मिलेर यो नगरलाई सफा बनाउने छौँ। विद्युत प्राधिकरणसँग सल्लाह गरेर विजुलीको समस्या हल गर्ने छौँ। र, सरसरफाईको लागि यहाँ भएका सबै संघ संस्थालाईसहयोग गर्न भन्छौँ।

गाउँको विकासको लागि कसरी काम गर्नुहुन्छ ?

बजार भन्ने बिक्तिकै केही त फरक हुने भयो नै तर १० वटा वडालाई नै सफा एवम् क्लिन बनाउनाैँ भन्ने हामी सबैकाे अवधारणा रहन्छ।

अघिल्ला जनप्रतिनिधिभन्दा तपाईंबाट के फरक हुन्छ ?

अघिल्ला प्रतिनिधिले के गरे त्यो कुरा म सँग रहँदैन। अब मैले के गर्ने र कसरी जाने भन्ने हुन्छ।

के फरक हुन्छ ?

भर्खरै निर्वाचित भएको छु, पहिला गाउँ गएर सबै युवा र बुद्धिजीवीहरुलाई राखेर सल्लाह गरेर त्यहीअनुसार अगाडि बढ्छु। म कुनै पनि व्यक्तिबाट निहित हुँदैन।

प्रकाशित मिति: : 2022-05-18 13:55:00

प्रतिकृया दिनुहोस्