आरजुको संरक्षणमा ७० करोड विवादमा फसेका विकलको उदय : सूचना प्रविधिका नियुक्ति र ठेक्कामा एकछत्र राज

उकेरा

काठमाडौं

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उपनिर्देशक विकल पौडेल सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकको जिम्मेवारीबाट हट्दै थिए। तर उनी पुन दोहोरिने दाउमा सक्रिय भए।

सेक्युरिटी प्रेस खरिदमा तत्कालीन सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटासँगै विवादमा तानिएका उनी विरुद्ध अख्तियार छानबिनमै छ। सेक्युरिटी प्रेस खरिदमा भएको ७० करोड घुस प्रकरणमा तानिएका उनी केही समय निष्क्रिय झैँ देखिए।

सेक्युरिटी प्रेस खरिदमा बास्कोटासँगको सम्बन्ध र सम्पर्कका अधिकांश डिजिटल प्रमाण कमजोर बनाउन सफल भएपछि सक्रिय भएका उनलाई सरकारले जेठ १६ मा पुन सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त भए।

 

 

प्रकाशित मिति: : 2022-06-05 18:23:00

प्रतिकृया दिनुहोस्