लगातार २४ घन्टा वीर अस्पतालको सिस्टम डाउन

देशकै जेठो सरकारी अस्पताल वीरमा पटक–पटक सिस्टम (सर्भर) डाउन हुँदा बिरामी उपचारबाटै वञ्चित हुने गरेका छन् । बुधबार बिहान १० बजेदेखि बिहीबार बिहानसम्म मात्रै लगातार २४ घन्टा सेवा प्रभावित भयो, अस्पताल पुगेका इमर्जेन्सीबाहेकका सबै नयाँ बिरामीका लागि सेवा ठप्प भयो । उनीहरूले टिकट पाउनै २६ घन्टा कुर्नुपर्‍यो । जेठमा मात्रै बिहीबारसम्म ११ दिनमा ५६ घन्टा सर्भर डाउन भएको अस्पतालको रेकर्ड छ । 

सर्भरमा समस्या आउँदा अस्पतालको इन्टरनल नेटवर्कले काम नगर्ने भन्दै प्रशासनले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गर्ने गरेको छ । बिरामीको इन्ट्री रेकर्ड राख्नुपर्ने सर्भरमै समस्या आएपछि काउन्टर पनि बन्द हुन्छ ।

ल्याब पूर्ण रूपमा बन्द हुन्छ, भर्ना भइसकेका पुराना बिरामीको पनि टेस्ट हुँदैन । इमर्जेन्सी तथा गम्भीर अप्रेसनबाहेकका सबै बिरामीलाई अस्पतालले फिर्ता पठाउँछ । तर, तत्काल सर्भर बनाउन अस्पताल व्यवस्थापनले चासो दिँदैन । 

प्रकाशित मिति: : 2022-06-03 15:42:00

प्रतिकृया दिनुहोस्