अछाममा जिल्ला समन्वय समितिका लागि एमालेबाट भण्डारीको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता

अछाममा जिल्ला समन्वय समितिका लागि एमालेबाट प्यानलसहित उम्मेदवारी दर्ता भएको छ। 

जेठ २१ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनको लागि एमालेले दुर्गाप्रसाद भण्डारीको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको एमाले अछामका अध्यक्ष चन्द्र बोहराले बताए। मंगलसेन नगरपालिका वडा नम्बर ६ बाट वडा सदस्यमा निर्वाचित भण्डारीलाई पार्टीले सिफारिस गरेपछि समन्वय प्रमुखमा उम्मेदवारी दर्ता गरिएको हो। 

दुई पालिका प्रमुख र ४ पालिका उपप्रमुख जितेको एमालेले गठबन्धनविरुद्ध प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ। 

नेकपा एमालेका तर्फबाट समन्वय समिति उपप्रमुखमा पुतली रावलको उम्मेदवारी दर्ता भएको छ। यसैगरी सदस्यमा भूपेन्द्र महता, भानसिंह साउद, बज्जीर थापा, सुरत कामी, जमुना बिक, झुप्री कुमारी केसी र निर्मला भुलले उम्मेदवारी दर्ता गरेको एमाले जिल्ला सचिव भीमबहादुर रावलले जानकारी दिए। 

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट नेपाली कांग्रेसले प्रमुख, उपप्रमुखसहित ७ सदस्य तथा माओवादी केन्द्र र एकीकृत समाजवादीले एक/एक सदस्य पाएका छन्।

प्रकाशित मिति: : 2022-06-02 18:11:00

प्रतिकृया दिनुहोस्