तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकाहरूकाे शव सुरक्षाकर्मीहरूले संकलन गरिरहेका छन्।
आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको सम्पर्कविहीन भएको थियो।
उक्त विमान साेमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएकाे हाे। सुरक्षाकर्मीले हालसम्म १४ जनाकाे शव संकलन गरिसकेकाे छ।
जहाजमा आगो नलागेको सुरक्षाकर्मीले बताएका छन्। केही शव भिर र खोंचमा फसेकाले शव संकलन गर्न कठिनाइ भएकाे उनीहरूले बताएका छन्।