काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले आज (साेमबार) पद तथा गोपनीयताको सपथ लिएर पदभार सम्हाल्ने भएका छन्।
वैशाख ३० मा भएको स्थानीय चुनावबाट स्वतन्त्र उम्मेदवार शाह मेयर निर्वाचित भएका थिए।
मेयरमा निर्वाचित भएका साहलाई आज पद तथा गोपनीयताको सपथ गराउने कार्यक्रम रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ।
कार्यालयका अनुसार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा बिहान ११ बजे आयोजित कार्यक्रममा मेयर साह, उपमेयर सुनिता डंगोलसहित ३२ वडाकै वडाध्यक्ष र सदस्यहरूले सपथ लिँदैछन्।