माओवादीबाट ५ हजार ४५ जना जनप्रतिनिधि निर्वाचित 

File Photo
File Photo

नेकपा (माओवादी केन्द्र)का ५ हजार ४५ जना जनप्रतिनिधि देशका विभिन्न पालिकामा निर्वाचित भएका छन्।

निर्वाचन आयोगले गत वैशाख ३० गते गरेको स्थानीय तह निर्वाचनमा हालसम्म मतगणना सम्पन्न भएका पालिकाहरुमा उक्त संख्यामा माओवादीका उम्मेदवार विजयी बनेका हुन्।

पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएका हुन्।

आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो। ३५ हजार २२१ जनप्रतिनिधिको लागि निर्वाचन भएको थियो। निर्वाचनमा देशभर १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए।

आयोगका अनुसार प्रमुखमा २५, अध्यक्षमा ९६, उपप्रमुखमा ३३, उपाध्यक्षमा ९५, वडाध्यक्षमा १ हजार ५३, महिला सदस्यमा ९६३, दलित महिला सदस्यमा ९७३ र सदस्यमा १ हजार ८०७ जना माओवादीका उम्मेदवार विजयी बनेका छन्। 

प्रकाशित मिति: : 2022-05-29 15:40:00

प्रतिकृया दिनुहोस्