जहाज बेपत्ता अपडेटः मौसम खराब छ, खोज्न मुस्किल छ

पोखराबाट उडेको तारा एयरकाे जहाज बेपत्ता भएपछि खोजी सुरु भएको छ।

मुस्ताङको जोमसोमबाट फिस्टेल एयरको हेलिकोप्टर खोजीका लागि निस्किए पनि बादल लागेका कारण त्यसै फर्किएको बताइएको छ ।

यस्तै पोखराबाट पनि नेपाली सेनाको जहाजमा रेस्क्यु टोली त्यसतर्फ गएको छ। ‘मौसम खराव छ। दुर्घटना कहाँ भयो भन्ने थाहा छैन,’ मुस्ताङका पत्रकार सुन्दर थकालीले भने, ‘मानापाथी र धवलागिरी हिमालकै वरपर यो दुर्घटना हुन सक्छ भनिएको छ। तर कहाँनिर भन्ने छैन।’

उनका अनुसार मुस्ताङको मौसम निकै खराब अवस्थामा छ । साे जहाजमा चालक दलका तीन सदस्यसहित २२ यात्रु सवार थिए। 

प्रकाशित मिति: : 2022-05-29 11:32:00

प्रतिकृया दिनुहोस्