मूल्यवृद्धिको विरोधमा मंगाेल नेशनल अर्गनाइजेशनकाे प्रदर्शन (फोटो फिचर)

Breaknlinks
Breaknlinks

मंगाेल नेशनल अर्गनाइजेशनले मूल्यवृद्धिको विरोधमा काठमाडौंस्थित माइतीघर मण्डलामा प्रदर्शन गरेकाे छ।

पछिल्लाे समय सरकारले खाने तेल, खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थलगायतमा गरेकाे मूल्यवृद्धिको विरोधमा अर्गनाइजेशनले बिहीबार माइतीघरमा प्रदर्शन गरेकाे हाे।

‘अत्यधिक मूल्यवृद्धि गर्न पाइँदैन, दलाल भ्रष्टाचार सरकार चाहिँदैन’, गरिब निमुखा लुट्न पाइँदैन, नेपाली नागरिक लुट्न पाइँदैन, यस्ताे दलाल सरकार चाहिँदैन, बहाना गर्न पाइँदैन, गरिब निमुखा मारमा छन्, नेपाली नागरिक मार छन्, दलाल भ्रष्टाचारहरू मालामाल छन्’ भन्दै उनीहरू सडकमा उत्रिएका हुन्।

प्रकाशित मिति: : 2022-05-26 15:54:00

प्रतिकृया दिनुहोस्