गरुडामा एमाले विजयी

फाइल तस्विर
फाइल तस्विर

रौतहटको गरुडा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ।

एमालेको तर्फबाट प्रमुखमा कन्थमनी प्रसाद कलवार निर्वाचित भएका हुन्। जिल्लाको गरुडा नगरपालिकामा नेकपा एमालेका कलवारले नेकपा एसका बृज किशोर प्रसाद यादबलाई ३८ मतको मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भएका हुन्।

नवनिर्वाचित मेयर कखवारले ४ हजार ५ सय ६४ मत पाउँदा यादबले ४ हजार ५ सय २५ मत पाएका छन्।

यस्तै, उपमेयरमा नेपाली कांग्रेसक विजयी भएको छ। कांग्रेसकी  उम्मेदवार  पुनम कुमारी चौधरीले जसपाकी विन्दु कुमारी देवीलाई २ हजार २ सय २६ मतको मतान्तरले पछि पार्दै उपमेयर पदमा विजयी भएकी हुन्। चौधरीले ६ हजार ७ सय ३ मत प्राप्त गर्दा देवीले ४ हजार ४ सय ७७ मत प्राप्त गरिन्।

योसँगै नेकपा एमालेले रौतहटमा तिन वटा पालिकामा जित हात पारेको छ।

प्रकाशित मिति: : 2022-05-26 05:23:00

प्रतिकृया दिनुहोस्