फतुवा विजयपुरमा नेपाली कांग्रेस विजयी

रौतहटको फतुवा विजयपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

नेपाली कांग्रेसको तफबाट प्रमुखमा गोपाल राय यादव र उपप्रमुखमा अमवेया खातुन निर्वाचित भएकी छन।

रौतहटको फतुवा विजयपुर नगरपालिकामा कांग्रेसका गोपाल राय यादवले नेकपा एमालेका विजय यादवलाई १ हजार ४९० मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भएका हुन। नवनिर्वाचित नगर प्रमुख गोपाल राय यादवले ४ हजार ८५१ मत पाउँदा विजय यादवले ३ हजार ३६१ मत पाए।

यस्तै, उपमेयरमा पनि कांग्रसका उम्मेदवार रहेकी खातुनले एमालेकी कान्ति देवीलाई १ हजार ४९४ मतान्तरले पछि पार्दै उपमेयर पदमा विजयी भएकी हुन्। खातुनले ५ हजार १६२ मत प्राप्त गर्दा देवीले ३ हजार ६६८ मत प्राप्त गरिन्। यससँगै कांग्रेसले रौतहटमा सात पालिकामा जित हात पारेको छ।

प्रकाशित मिति: : 2022-05-25 20:56:00

प्रतिकृया दिनुहोस्