नगरकार्यपालिका सदस्य निर्वाचनको लागि बर्दिबासमा तीन दलीय गठबन्धन

नगर कार्यपालिका सदस्य निर्वाचनका लागी बर्दिबास नगरपालिकामा तीन दलीय गठबन्धन बनेको छ। नगर कार्यपालिकाको ८ सदस्य निर्वाचनको लागि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन गर्ने सहमति भएकाे हाे।

 नेकपा एमालेले ३, माओवादी केन्द्रले ३ र कांग्रेसले २ जना पाउने गरी सहमति भएको माओवादी केन्द्रका नेता राजन ढुंगानाले जानकारी दिए।

बर्दिबास नगरपालिकाभित्र निर्वाचित जनप्रतिनिधिहरूको संख्याको आधारमा भागबण्डा गरिएको हो।

बर्दिबासमा वडा अध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा एमालेले २४, माओवादी केन्द्रले २५ र  कांग्रेसले १३ जनप्रतिनिधिहरु निर्वाचित भएका छन्।

कार्यापालिका सदस्य विजयी गराउन सहमति जनाउदै एमालेका जिल्ला इन्चार्ज टेकबहादुर बलाम्पाकी, माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजु खडका र  कांग्रेसका नेता चिरञ्जीवी हमालले सयुक्त हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति: : 2022-05-25 16:38:00

प्रतिकृया दिनुहोस्