बुसको बोली चिप्ल्याइ अपराधको स्वीकारोक्ति

इराकलाई युक्रेनसँग दाँज्नु वा एक मुलुकलाई अर्कोमाथि खप्ट्याउनु मुलुक र जनतालाई विशिष्टीकृत नभई सामान्यीकृत ढंगले व्यवहार गर्नु हो

नयाँ पत्रिका दैनिक

मानस फिराक भट्टाचर्जी

युक्रेन युद्धका सन्दर्भमा अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुसले एक भाषणका क्रममा ऐतिहासिक अभिव्यक्ति चिप्ल्याएका छन् ।

उनले ‘इराकमा पूर्ण रूपमा औचित्यहीन र बर्बर आक्रमण गर्ने एक व्यक्तिको निर्णयले ‘मैले भन्न खोजेको युक्रेन हो है’ भन्ने व्यहोराको भाषण दिएका थिए । आफूले लज्जाजनक अभिव्यक्ति चिप्ल्याएलगत्तै उनले बिस्तारै ‘इराक पनि’ भने र अप्ठ्यारो परिस्थितिबाट उम्किन ‘म ७५ वर्ष पुगेँ नि !’ भन्ने भनाइ थपे ।

बुसको बोली चिप्ल्याइ ऐतिहासिक छ, किनभने यसले युद्ध, राष्ट्र र विश्वका केहीथरी नेताबारे धेरै बताउँछ । उनको भाषणले उनलाई ७५ वर्षको उमेरमा पनि एक प्रेतले तर्साइरहेको देखाउँछ । स्वाभाविक हो, युद्धको प्रेतले तर्साइरहन्छ, जब तपाईंले अरूविरुद्ध ‘औचित्यहीन र बर्बर’ युद्ध छेड्नुभएको हुन्छ । 

प्रकाशित मिति: : 2022-05-25 15:42:00

प्रतिकृया दिनुहोस्