दलभन्दा माथि उठेर पोखरा बनाउँछौं : धनराज आचार्य (भिडियाेसहित)

पोखराका नवनिर्वाचित मेयर धनराज आचार्यले दलभन्दा माथि उठेर पोखरा बनाउन लाग्ने बताएका छन्।

बुधबार राति १ बजे अन्तिम मतपरिणाम सार्वजनिक भएपछि मेयर पदमा चुनिएका आचार्यले भिडियो सन्देशमार्फत यस्तो बताएका हुन्।

‘म पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेर निर्वाचित भएको छु। दलभन्दा माथि उठेर पोखरा बनाउन लाग्छौं’ , उनले भने।

उनले पोखरेली मतदाताको मत र सद्भावले जितेको बताउँदै उनले सफा सुन्दर र आधुनिक सहर बनाउन पोखरेलीकै साथ चाहिने जिकिर गरेका छन्।

पोखरा बनाउनका लागि ३३ वटै वडा प्रशासकीय सबै टिम मिलेर एकसाथ अघि बढ्ने उनले बताए।

प्रकाशित मिति: : 2022-05-25 11:20:00

प्रतिकृया दिनुहोस्