काठमाडौँको मेयरमा बालेन साह पक्का !

काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन)काे जित पक्का भएको छ। महानगरको मेयरका लागि त्रिपक्षीय प्रतिस्पर्धा छ। २२ हजार मत गन्न बाँकी हुँदा बालेन २० हजार मतले अगाडि छन्।

उनलाई पराजित गर्न दोस्रो नम्बरमा रहेकी सिर्जना सिंहले गन्न बाँकी सबै मत ल्याउनुपर्छ जुन सम्भव छैन। तेस्रो नम्बरमा रहेका केशव स्थापितको अवस्था पनि उही हो।

याे समाचार तयार गर्दासम्म साहले ५५ हजार ७ सय ७७, सिंहले ३५ हजार ३ सय ७१ र स्थापितले ३४ हजार ६ सय २६ मत प्राप्त गरेका छन्।

यसैगरी उपमेयरमा पनि सुनिता डङ्गोल निश्चित भएकी छन्। उनको प्रतिस्पर्धी निकै तल छन्।

प्रकाशित मिति: : 2022-05-25 11:19:00

प्रतिकृया दिनुहोस्