काभ्रेमा कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो

File Photo
File Photo

स्थानीय तहको  निर्वाचनमा प्राप्त मत परिणामअनुसार काभ्रेपलाञ्चोक जिल्लामा नेपाली कांग्रेस पहिलो, नेकपा (माओवादी केन्द्र) दोस्रो र नेकपा (एमाले) तेस्रो भएको छ।

कांग्रेस सात, नेकपा (माओवादी केन्द्र) चार, नेकपा एमले एक र  नेकपा (एकीकृत समाजवादी) एक पालिकास्तरको प्रमुख तथा अध्यक्षमा विजयी भएको हो।

कांग्रेसले जिल्लाको बनेपा, पनौती, नमोबुद्ध र पाँचखाल नगरपालिकामा प्रमुख पदमा विजयी हासिल गरेको छ भने रोशी, तेमाल र बेथानचोक गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएको छ।

यसैगरी कांग्रेस धुलिखेल र मण्डनदेउपुरमा उपप्रमुख तथा महाभारत, खानीखोला, भुम्लु र चौरीदेउराली गाउँपालिकामा उपाध्यक्ष पदमा विजयी भएको छ।

नेकपा (माओवादी केन्द्र) खानीखोला, चौरीदेउराली, महाभारत र भुम्लु गाउँपालिकाको अध्यक्ष पदमा र र उपप्रमुख पदमा नमोबुद्ध नगरपालिकामा विजयी हासिल गरेको छ।

एमाले प्रमुख पदमा धुलिखेल र उपप्रमुख पदमा बनेपा, पनौती र पाँचखाल नगरपालिकामा विजयी भएको छ। नेकपा (एकीकृत समाजवादी)ले भने मण्डनदेउपुर नगरपालिकाको प्रमुख पदमा विजयी हासिल गरेको छ।

वडागत हिसाबमा भने पहिलो पार्टी कांग्रेस, दोस्रोमा एमाले, तेस्रोमा माओवादी केन्द्र र चौथोमा एकीकृत समाजवादी रहेको छ।

जिल्लाको १३५ वटा वडामध्ये कांग्रेसले जिल्लाका ६० वटा वडामा जित हासिल गरेको छ भने नेकपा एमालेले ४३ वटा वडा र नेकपा (माओवादी केन्द्र)ले २५ वटा वडामा विजयी हासिल गरेको छ।समाजवादी चार वटा वडा, स्वतन्त्र दुई वटा वडा र राष्ट्रिय प्रजातन्त्र पार्टी एक वटा वडामा विजयी भएको छ।

प्रकाशित मिति: : 2022-05-24 13:34:00

प्रतिकृया दिनुहोस्