काठमाडौं महानगरमा डेढ लाख मतगणना हुँदा बालेनले कटाए ५० हजार

File Photo
File Photo

काठमाडौं महानगरपालिकामा १ लाख ५० हजार ९०० मतगणना सकिँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजारभन्दा बढी मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार उनले ५० हजार ६१ मत प्राप्त गरिसकेका छन्।

उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३१ हजार २९३ मत प्राप्त गरेकी छन्। सिर्जनाले भन्दा बालेनले १८ हजार ७६८ बढी मत प्राप्त गरेका छन्।

काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापितले हालसम्म ३१ हजार २९३ मत प्राप्त गरेका छन्। यस्तै अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ८ हजार ८३० मत ल्याएका छन्।

आयोगका अनुसार अब काठमाडौं महानगरपालिकामा ४० हजार १५५ मत गणना गर्न बाँकी रहेको छ। काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार ५५ मत खसेको थियो।

प्रकाशित मिति: : 2022-05-24 10:47:00

प्रतिकृया दिनुहोस्