दाङको तुलसीपुर उपमहानरपालिकामा एमालेकाबाट प्रमुखका उम्मेदवार टिकाराम खड्का र उपप्रमुख पदकी उम्मेदवार स्यानी चौधरीले आफ्नो अग्रतालाई निरन्तर कायम गर्दै गएका छन्।
विहान ८ बजे सार्वजनिक मत परिणामअनुसार खड्काले गठबन्धनबाट प्रमुख पदका उम्मेदवार काँग्रेसका गहेन्द्र गिरीलाई १७ सय ३० मतले पछाडि पार्दै अग्रता लिएका छन्। खड्काले २५ हजार ५५ मत प्राप्त गर्दा गिरीले २३ हजार ३२५ मत प्राप्त गरेका छन्।
यस्तै उपप्रमुख पदकी उम्मेदवार चौधरीले गठबन्धनबाट उपप्रमुख पदका उम्मेदवार एकिकृत समाजवादीका जोगबहादुर रानालाई ७ हजार २९८ मतले पछाडि पार्दै अग्रता लिएकी छन्। चौधरीले २४ हजार ७३९ मत प्राप्त गर्दा रानाले १७ हजार ४४१ मत प्राप्त गरेका छन्।
तुलसीपुरमा कुल ७४ हजार ३ सय ४० मत खसेकोमा ५९ हजार ९२९ मत गणना भइसकेको छ।