लुम्बिनी नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले निर्वाचित

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका मेयरमा  कांग्रेस र उपमेयरमा  एमाले विजयी भएको छ।

कांग्रेसका सजरुद्दीन मुसलमान ८ हजार २११ मतसहित मेयरमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका चन्द्रकेश गुप्ता २ हजार ६१५ मतको अन्तरले पराजित भए ।  गुप्ताले ५ हजार ५९६ मत पाए।

उपमेयरमा एमालेकी कल्पना हरिजन निर्वाचित भएकी छन्। ६ हजार १६९ मत पाएर निर्वाचित हुँदा जनता समाजवादी पार्टीकी सबनम जहाँ शेषले ४ हजार ९०९ मत पाएकी छन्।

 

प्रकाशित मिति: : 2022-05-24 06:41:00

प्रतिकृया दिनुहोस्