झापाको दमक नगरपालिकाका प्रमुख राम थापाले पदभार ग्रहण गरेका छन्।
सोमबार नगरका उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्यहरुलाई सपथ ग्रहण गराएर उनले आफ्नो कार्यकक्षमा पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै उनले दमक ७ को गजुरमुखी टोल विकासमा पर्ने गजुरमुखी मार्ग स्तरउन्नती गर्दै लकिङ टायल सहितको सडक निर्माण गर्ने निणर्य गरे।
आर्थिक वर्ष २०७८-७९ को स्थानीयको जनश्रमदानमा सडकको दुवै तर्फ वाल निर्माण गर्ने काम सम्पन्न भएकोले सो ठाउँमा लकिङ टायल निर्माण गर्न बाँकी रहेको छ।
यो योजना सम्पन्न गर्न प्राविधिक लगत स्टमिट ३ लाख ७१ हजार २ सय २० रुपैँया बराबरको योजना सम्पन्न गर्न टिप्पणीलाई उनले सदर गरेका छन्।
अति विपन्न परिवारको बसोबास रहेको सो क्षेत्रमा आवत जावतमा सहज होस भन्नका लागि पहिलो निणर्य विप्पन्न लक्षित बताए।
यो सडक निर्माण सम्पन्न गर्न त्यहाँका स्थानीयबासीले जन श्रमदान मार्फत २१ हजार २ सय २२ रुपैँया को योगदान गर्नुपर्ने उल्लेख छ।
नगरको नगरप्रमुख विषेश कार्यक्रम अन्तगर्त विनियोजति बजेटबाट सो काम गर्न उनले निर्देशन दएिको नगरपालिकाका उपसचिव दिनेश न्यौपानेले जानकारी दिए।