धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह ‘सुडी’ निर्वाचित भएका छन्।
सोमबार साँझ सकिएको मत गणनाअनुसार उनले १३ हजार ४६५ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार शिवशंकर साहले ९ हजार ५३२ मत ल्याए।
त्यस्तै उपमेयरमा निर्वाचित नेपाली कांग्रेसका किशोरी साहले १५ हजार ५२५ मत पाएका छन्।