धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साम्पाङ निर्वाचित

File Photo
File Photo

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै राई मेयरमा निर्वाचित भएका हुन्।

साम्पाङले २० हजार ८२१ मत पाएका छन् भने किशोर राईले १६ हजार ५९ मत प्राप्त गरी दोस्रो स्थानमा छन्।

त्यस्तै उममेयरमा माओवादी केन्द्रका अइन्द्र बिक्रम बेघा विजयी भएका छन्। उनले २० हजार ५१०  मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम लिम्बूले १७६०६ मत पाएका छन्।

प्रकाशित मिति: : 2022-05-22 17:21:00

प्रतिकृया दिनुहोस्