पोखराको मेयरमा एकीकृत समाजवादीका धनराजको अग्रता कायमै

पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले अग्रतालाई कायमै राखेका छन्। ९२ हजार ५६१ मत गणना सम्पन्न हुँदा आचार्यले ३७ हजार १२२ मत पाएका छन्।

यसैगरी नेकपा एमालेका कृष्ण थापाले ३३ हजार ८५० मत पाएका छन्। राप्रपाका शंकर खरालले ४ हजार २२८ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २ हजार ४४५ मत ल्याएका छन्।

यस्तै उपमेयरमा भने एमालेकी उम्मेदवारले अग्रता बनाएकी छन्। एमालेकी उम्मेदवार मन्जु गुरुङले ३८ हजार मत कटाउँदा कांग्रेसका उम्मेदवार कोपीला रानाभाटको ३७ हजार ५४५ मत आएको छ। राप्रपाकी रन्जना सेनले ४ हजार १३१ मत ल्याएकी छन्।
 

प्रकाशित मिति: : 2022-05-21 20:07:00

प्रतिकृया दिनुहोस्