सुदूरपश्चिममा ६ पालिका प्रमुख पुनः दोहोरिए

File Photo
File Photo

पुनः नेतृत्वमा आउन चाहेका अधिकांश पालिका प्रमुखले पुनः पराजय भोग्नु परे पनि सुदूरपश्चिम प्रदेशमा भने ६ जना पालिका प्रमुख पुनः बाजी मारेका छन्।

बाजुरा, बैतडी, अछामकासहित ६ जना पालिका प्रमुख पुनः बाजी मारेर थप पाँच बर्षे स्थानिय तहको नेतृत्वमा पुग्न सफल भएका हुन्।

बाजुराको जगन्नाथ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका कालीबहादुर शाही दोश्रो पटक निर्वाचित भएका छन्। २०७४ को स्थानीय तह निर्वाचनमा पनि सोही गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

अछामको मंगलसेन नगरपालिकाको मेयरमा पदमबहादुर बोहरा पनि पुनः निर्वाचित हुन सफल भएका छन्। २०७४ मा पनि मेयरमा निर्वाचित बोहरा दोश्रो कार्यकालका लागि निर्वाचित भएर १० बर्षे कार्यकाल सम्हाल्ने अवस्थामा पुगेका छन्।

अछामका बोहोराले २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेस-माओवादी गठबन्धनलाई पराजित गर्दै नगर प्रमुखमा निर्वाचित हुन सफल भएका हुन्।

यसैगरी, बैतडीमा ४ जना गाउँपालिका अध्यक्ष पुनः निर्वाचित भएका छन्। यसरी निर्वाचित हुनेमा पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द, शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँद, सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी र दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्की रहेका छन्।

प्रकाशित मिति: : 2022-05-21 18:14:00

प्रतिकृया दिनुहोस्