पहिले जोसँग हारे, अहिले उसैलाई हराए

अनलाइनखबर

विकास रोकामगर

कास्कीको अन्नपूर्ण गाउँपालिकामा ०७४ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसका युवराज कुँवर नेकपा एमालेका विष्णुबहादुर केसीलाई २६४ मतान्तरले पराजित गरे । कुँवरले निर्वाचनमात्रै जितेनन्, कास्कीका पाँच पालिकामध्ये नेपाली कांग्रेसबाट एकमात्र पालिका प्रमुख पनि बने ।

पाँच वर्षपछि अहिलेको निर्वाचनमा कुँवर फेरि पालिकामा दोहोरिने भन्दै उम्मेदवारी दिए भने यता, नेकपा एमालेले पनि अघिल्लो पटक पराजित केसीलाई नै उम्मेदवार बनायो ।

सुरुआती नतिजामा कांग्रेसका कुँवरले अग्रता लिएपनि पछि भने उक्त अग्रता कायम गर्न सकेनन् । अन्ततः उनी आफ्नो पुरानै प्रतिस्पर्धी एमालेका केसीसँग ७६३ मतान्तरले पराजित हुन पुगे ।

गण्डकी प्रदेशमा शनिबारसम्म ८३ वटा पालिकाको नतिजा आएको छ । आएका नतिजामध्ये केही नतिजा रोचक छन् । कुनैमा दोहोरिन चाहेका उम्मेदवार पराजित भएका छन् भने कतै ०७४ को निर्वाचनमा जोसँग हारे, अहिले उसैलाई हराएका छन् ।

प्रकाशित मिति: : 2022-05-21 15:18:00

प्रतिकृया दिनुहोस्