चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो अग्रता कायम गरेकी छिन्।
पछिल्लो परिणामअनुसार उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा ५ हजार ५१८ मतले अगाडि देखिएकी छन्। ७३ हजार ७८७ गणना गर्दा मेयरकी उम्मेदवार रेनुले २८ हजार ६०८ मत प्राप्त गरेकी छिन् भने एमालेका उम्मेदवार विजय सुवेदीले २३ हजार ९० मत ल्याएका छन्।
त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार १३ मत ल्याएका छन्। उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ३० हजार ९०१ मत ल्याएका छन् भने एमालेले समर्थन गरेकी राप्रपाकी हिमला गुरूङले १७ हजार ९२० मत ल्याएकी छिन्।