तुलसीपुरमा एमालेको अग्रताका कायमै

दाङको तुलसीपुर उपमहानगरपालिकामा जारी मतगणनाअनुसार नेकपा एमालेले अग्रता लिइरहेको छ। एमालेबाट प्रमुखका उम्मेदवार टिकाराम खड्का र उपप्रमुखकी उम्मेदवार स्यानी चौधरीले अग्रता लिएका हुन्। 

खड्काले गठबन्धनबाट प्रमुखका उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका गेहेन्द्र गिरीलाई ७१ मतले पछि पार्दै अग्रता कामय गरेका छन्।

खड्काले १० हजार ६९५ मत प्राप्त गर्दा गिरीले १९ हजार ५ सय ३४ मत प्राप्त गरेको लुम्बिनी प्रदेश निर्वाचन कार्याल दाङले जनाएको छ। 

यस्तै उपप्रमुखमा नेकपा एमालेकी चौधरीले गठबन्धनबाट एकिकृत समाजवादीका उपप्रमुखका उम्मेदवार जोगबहादुर रानालाई १ हजार ८१८ मतले पछि पार्दै अग्रता लिएकी छन्।

चौधरीले ९ हजार ९१७ र रानाले ८ हजार ९९ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2022-05-21 08:04:00

प्रतिकृया दिनुहोस्