कास्कीका गाउँपालिका अध्यक्षहरुले लिए सपथ

कास्की जिल्लाका चार वटै गाउँपालिकाका नवनिर्वाचित अध्यक्षहरुले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनीहरुलाई एकैसाथ मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले सपथ खुवाए।

३० वैशाखमा सम्पन्न निर्वाचनबाट कास्कीको मादी र माछापुच्छ्रेमा कांग्रेस तथा अन्नपूर्ण र रुपामा एमालेको नेतृत्व निर्वाचित भएको छ।

रुपाका नवराज ओझा, मादीका देवीजंग गुरुङ, माछापुच्छ्रेका मिनबहादुर गुरुङ र अन्नपूर्णका विष्णु केसीले सपथ लिएका हुन्।

उनीहरुले आजै उपाध्यक्षहरुलाई र गाउँसभाका सदस्यहरुलाई सपथ खुवाएका छन् भने केहीमा पदस्थापनसमेत भैसकेको छ।

प्रकाशित मिति: : 2022-05-21 06:05:00

प्रतिकृया दिनुहोस्