मीना लामा बनिन् हेटौंडाको पहिलो महिला मेयर

फाइल तस्विर
फाइल तस्विर

हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा (एस) की नेता मीना लामा निर्वाचित भएकी छन्। नेकपा एमाले र राप्रपाको चुनौती पन्छाउँदै लामाले पाँचवर्षका लागि शासनसत्ता आफ्नो हातमा पार्न सफल भएकी हुन्।

जितसँगै उनी वाग्मती प्रदेशको एकमात्र उपमहानगर हेटौंडाको पहिलो महिला मेयरसमेत बनिन्।

लामाले २३ हजार ७५ मत ल्याएर विजयी भइन्। दोस्रो स्थानमा रहेका नेकपा एमालेका नेता अनन्तप्रसाद पौडेलले २० हजार ९ सय ८ मत ल्याए। भने, राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५ सय ३१ मत ल्याए।

लामाले पौडेललाई २ हजार १ सय ६७ मतले पराजित गरेकी हुन्।

प्रकाशित मिति: : 2022-05-20 23:23:00

प्रतिकृया दिनुहोस्