नेकपा (एमाले) दाङले विजय उत्सव तथा धन्यवाद ज्ञापन गर्न र्याली गरेको छ। एमालेले घोराही बजार परिकर्मा गरेर विजय उत्सव तथा धन्यवाद ज्ञापन र्याली गरेको हो।
घोराही उपमहानगरपालिका जितेपछि एमाले दाङले नवनिर्वाचित जनप्रतिनिधिलाई बजार परिकर्मा गराएकाे हाे। पार्टी कार्यालयबाट सुरु भएको र्याली ट्राफिक चोकबाट घोराही चोक हुँदै सभागृहमा गएर कार्यक्रममा परिणत भएको थियो।
र्यालीमा एमालेमा महासचिव शंकर पोखरेल, पोलिट ब्यूरो सदस्या सुजिता शाक्य, नवनिर्वाचित घोराहीका प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा डिसीलगायत घोराहीमा एमालेबाट जितेका वडाध्यक्ष र वडासदस्य लगायत समर्थकहरुको सहभागिता रहेको थियो।
महासचिव पोखरेलको घोराही उपमहानगरपालिपका निर्वाचन क्षेत्र पनि हो।
एमालेले दाङमा ९ पालिकाकाे मत परिणाम आउँदा घाेराहीमा मात्र जित निकालेकाे छ। तुलसीपसरमा भने हाल मत गणना जारी छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया