सोमबार, १५ डिसेम्बर २०२५

हेटौँडामा मतगणना नसकिँदै एमाले उम्मेदवारले दिए गठबन्धनका उम्मेदवारलाई बधाई

News Image
• • •

हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवारहरूले गठबन्धनका उम्मेदवारलाई बधाई दिएका छन्।

जम्मा ७३ हजार ४१४ मत खसेकोमा पछिल्लो मत परिणामअनुसार ६९ हजार ६ सय ९६ मत गणना हुँदा  गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा २ हजार  मतान्तरले अग्रता बनाएकी छन् ३ हजार ७१८ मत गणना हुने क्रममा रहको छ। 

गठबन्धनको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएका नेपाली काङ्ग्रेसका राजेश बानियाँले मतगणना नसकिँदै आफ्नो जित सुनिश्चित गरेका छन्। मेयरका उम्मेदवार अनन्त पौडेल र उपमेयर उम्मेदवार सुमित्रा काफ्लेले मतगणना स्थलमै गएर बधाई दिएका हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!