अफताव आलमका छोरा राजपुर नगरपालिकाको मेयरमा निर्वाचित 

file photo
file photo

कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमका छोरा मोहम्मद राजिक आलम रौतहटको राजपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका छन्।

रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित अफतावका छोरा राजिकले ६ हजार ३३५ मत प्राप्त गरे। उनी नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद जैद आलमले ३ हजार ७५१ मत पाए।

उपमेयरमा कांग्रेसकै जमिला असगरीले ६ हजार २६८ मत प्राप्त गरेर विजयी भएकी छन्। उनका निकटतम् प्रतिस्पर्धी जसपाकी चिन्ताकुमारी कलवारले ३ हजार ६२९ मत मात्र ल्याइन्।

बुबा अफताव व्यक्ति हत्याको अभियोगमा नख्खु कारगारमा पुर्पक्षका लागि थुनामा रहेका बेला छोरा राजिक मेयरमा निर्वाचित भएका हुन्।

प्रकाशित मिति: : 2022-05-20 14:57:00

प्रतिकृया दिनुहोस्