बिर्तामोड नगरपालिकाकाे प्रमुख र उप्रमुखमा एमाले विजयी

File Photo
File Photo

बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी बनेको छ।

प्रमुखमा पवित्रा महतरा र उपप्रमुखमा नगेन्द्र सङ्ग्रौला विजयी बनेका हुन्।

महतराले नेपाली कांग्रेसका भोजराज सिटौलालाई तीन हजार ७५८ मतले पराजित गरेकी छन्। उनले १६ हजार ५२० मत प्राप्त गरेकी छन् भने सिटौलाको १२ हजार ७६२ मत मात्र आएको छ।

यसैगरी उपप्रमुखमा सङ्ग्रौला १५ हजार ५८६ मत प्राप्त गरी विजयी बनेका हुन्। उनका निकटम् प्रतिस्पर्धी सिपी कडरियाले आठ हजार ४५१ मत प्राप्त गरेका छन्।

यसअघिको कार्यकाल बिर्तामोडको उपप्रमुख रहेकी महतरा जिल्लामा नगरपालिकाको प्रमुखमा निर्वाचित हुने पहिलो महिला बनेकी छन्।

प्रकाशित मिति: : 2022-05-20 14:45:00

प्रतिकृया दिनुहोस्