मतगणना सम्पन्न भएकामध्ये १७८ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन्।
निर्वाचन आयोगका अनुसार ६३५ पालिकाको मतगणना सम्पन्न हुँदा एमालेका उम्मेदवार १७८ वटामा विजयी बनेका हुन्।
आयोगले गत वैशाख ३० गते सबै ७५३ वटै पालिकामा एकसाथ निर्वाचन गरेको थियो। निर्वाचनको परिणाम आउनेक्रम जारी रहेको छ। विभिन्न कारण स्थगित भएका तीन वटा केन्द्रमा निर्वाचन हुन बाँकी नै रहेको छ।
मतगणना सम्पन्न भएका पालिकामध्ये एमालेले नेपाली कांग्रेस पछाडि बढी स्थानमा विजय प्राप्त गरेको छ। कांग्रेसले भन्दा १०६ कम पालिकामा एमालेका उम्मेदवार विजयी बनेका छन्। कांग्रेसले हालसम्म २८३ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ।
आयोगका अनुसार हाल मतगणना भइरहेकामध्ये १९ स्थानमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन्।