तुलसीपुरमा गेहेन्द्र र स्यानीको अग्रता कायमै

दाङको तुलसीपुर उपमहानगरपालिकामा जारी मतगणनाअनुसार मेयर गठबन्धनबाट पदका उम्मेदवार काँग्रेसका गेहेन्द्र गिरी र उपमेयर पदका उम्मेदवार एमालेकी स्यानी चौधरीको अग्रता कायम रहेको छ।

बिहान साढे ७ बजेसम्मको मत परिणामअनुसार गिरीले ७ हजार ५६७ मत ल्याउँदै अग्रता कामय गरेका छन्। उनले मेयर पदका उम्मेदवार एमालेका टिकाराम खड्कालाई १८१ मतले पछि पार्दै अग्रता कायम गरेका छन्।

खड्काले ७ हजार ४८६ मत प्राप्त गरेका छन्।

उपमेयमार एमालेकी चौधरीले ६ हजार ९६१ मतका साथ अग्रता कामय गरेकी छिन्। उनले गठबन्धनबाट उपमेयर पदका उम्मेदवार नेकपा एकिकृत समाजवादीका जोगबहादुर रानालाई १ हजार १४ मतान्तरले पछाडि पारेकी छिन्।

तुलसीपरमा हाल १८ हजार १९६ मत गणना सकिएको छ। ३, ५ र ६ नं वडाको मत गणना भइरहेको छ।

प्रकाशित मिति: : 2022-05-20 07:53:00

प्रतिकृया दिनुहोस्