नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको वडा बुटवल उपमहानगरपालिका– ८ को अध्यक्षमा एमालेका उम्मेदवार पराजित भएका छन्।
एमालेका पूर्वनगर कमिटी अध्यक्ष ज्ञानप्रसाद अर्याललाई ३५ मत अन्तरले पछि पार्दै नेपाली कांग्रेसका उम्मेदवार यज्ञप्रसाद पंगेनी विजयी भएका हुन्।
यो वडामा २०४९ सालयता पहिलोपटक नेपाली कांग्रेस विजयी भएको हो।