रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका महेन्द्र केसी विजयी भएका छन्।
केसीले ६९१४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का वसन्तकुमार शर्माले ६९०१ मत प्राप्त गरे।
यस्तै उपमेयरमा नेकपा (एकीकृत समाजवादी)का विमलकुमार पुन विजयी भएका छन्। उनले ६१४० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थलबहादुर ओलीले ५९८५ मत प्राप्त गरेका छन्।
१४ वडा रहेको यस नगरपालिकामा १, २, ३, ५ , ८ र १४ काँग्रेसले जितेको छ भने ४, ६, ७, ९, १०, ११, १२ र १३ नम्बर वडा माओवादीले जितेका छन्। एमालेले एउटा वडा पनि जित्न सकेन।
मुसिकोटमा कांग्रेस र एमाले,माओवादी, एस, जसपाको गठबन्धन थियो।
२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि मुसिकोट नगरपालिका प्रमुख र उपप्रमुखमा माओवादीको विजयी भएको थियो।