खडक नगरपालिकाकाे मेयरमा माओवादी विजयी

सप्तरीको खडक नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जयप्रकाश चौधरी थारु निर्वाचित भएका छन्।

उनी ५ हजार ८ सय ८२ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार एवं निवर्तमान मेयर हेमायु हकले ५ हजार ६७ मत प्राप्त गरे।

उपमेयरमा जसपाका रिताकुमारी चौधरी ६ हजार २ सय ३१ मत प्राप्त गरी निर्वाचित भएकी छिन्।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी यासमिन सुल्तान खातुनले तीन हजार २ सय १० मत प्राप्त गरिन्। खातुन निवर्तमान उपमेयर समेत हुन्।

नगरपालिकामा माओवादी र नेकपा एकीकृत समाजवादी गठबन्धन गरेर चुनाव लडेका थिए। तर, गठबन्धन तर्फबाट उपमेयरका उम्मेदवार शत्रुधन प्रसाद साह भने पराजित भएका छन्। उनले मत दुई हजार ८ सय ४३ मात्र प्राप्त गर्न सके।

प्रकाशित मिति: : 2022-05-20 05:52:00

प्रतिकृया दिनुहोस्