उर्लाबारीमा फागोकाे 'पत्तासाफ', एमाले बहुमतसहित विजयी

मोरङको उर्लाबारी नगरपालिकामा नेकपा (एमाले)ले शानदार विजय हासिल गरेको छ। 

निवर्तमान मेयर खड्ग फागोलाई पराजित गर्दै एमालेका गंगाप्रसाद खरेल उर्लाबारीको मेयरमा निर्वाचित भएका हुन्। 

 

१२ हजार १५६ मत ल्याएर एमालेका खरेल विजयी बनेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्ग फागोले १० हजार २९० मत ल्याएका छन्। 

पमेयरमा एमालेकै मिनाकुमारी खतिवडा विजयी भएकी छन्। उनले १० हजार ७०२ मत ल्याएर विजयी भएकी हुन्।

प्रकाशित मिति: : 2022-05-19 22:04:00

प्रतिकृया दिनुहोस्