महोत्तरीको बर्दिबास नगरपालिका– ८ को वडाध्यक्षमा विजयी घाेषणा भएपछि भेटिएकाे बाकसकाे मतगणना गर्दा दुबै उम्मेदवारकाे मत बराबर पुगेकाे छ।
तीन दिनअघि वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का शमशेरसिंह लामा निर्वाचित भएको घोषणा गरिएको थियो। उनले ७५३ मत पाएका थिए भने प्रतिस्पर्धी नेकपा (एमाले) का रुद्र किङरिङले ७४४ मत पाएका थिए।
त्यसपछि आज (बिहीबार) सिल नखोलिएको एउटा मत पेटिका भेटिएको थियो। सर्वदलीय बैठकले त्यसमा रहेका मत गणना गर्ने सहमति गरेकाे थियो।
आज मतगणना गर्दा दुवैको मत बराबर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
आजको गणनामा दुवै उम्मेदवारको मत समाना ७६७ पुगेको छ। अब गोलाप्रथाबाट विजयी घोषणा गर्ने तयारी भइरहेको छ।