पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन्।
५५ हजार २६७ मत गन्दा आचार्यले २२ हजार ८५२ मत ल्याएर अग्रता जोगाइराखेका छन्। उनलाई एमालेका उम्मेदवार कृष्ण थापाले २० हजार १३२ मत ल्याएर पछ्याइरहेका छन्।
यस्तै राप्रपाका शंकर खरालले दुई हजार ३०४ र स्वतन्त्र उम्मेदवार गनेश पौडेलले एक हजार ३१२ मत ल्याएर आचार्य र थापालाई पछ्याइरहेका छन्।
यसैगरी, उपमेयरमा कांग्रेसबाट उम्मेदवारी दिएकी कोपिला रानाभाटले २३ हजार १६४ मत ल्याएर अग्रता लिइरहेकी छन्। उनलाई २३ हजार २१ मत ल्याएर एमालेकी मन्जु गुरुङले पछ्याइरहेकी छन्।
राप्रपाकी रन्जना सेनले दुई हजार ९९ मत ल्याएकी छन्।