श्वेत सर्वोच्चतावादविरुद्ध कसले बोल्ने ?

नयाँ पत्रिका दैनिक

मिसेल एल नोरिस

श्वेत समुदायका मानिसलाई अश्वेत एवं गैरश्वेत समुदायका मानिसको ऐतिहासिक कालदेखि आप्रवासनले प्रतिस्थापन गरिरहेको छ भन्ने षड्यन्त्रको सिद्धान्त ‘महान् प्रतिस्थापन सिद्धान्त’को परिकल्पना (जिआरटी) ले शनिबारका दिन बफेलो सुपरमार्केटमा १८ वर्षीय संदिग्ध बन्दुकधारीलाई आतंककारी गतिविधि गर्न उत्तेजित गरेको थियो ।

उसो त यस्ता प्रकृतिका आतंककारी घटनालाई छिटपुट अपराध भनेर खारेज गरिन्छ । धेरै मानिसले जिआरटीको प्राथमिक विचारधारालाई आफ्नो राजनीति, जीवन र भविष्यको व्याख्या गर्ने सत्यका रूपमा स्वीकार गर्छन् । श्वेत समुदायकै मानिसले यदि प्रतिरोध गर्ने प्रयास गर्दैनन् भने जिआरटीको भाष्यमा परिवर्तन हुने सम्भावना छैन । श्वेत अमेरिकीले यो प्रयास गर्नैपर्छ किनभने अल्पसंख्यक आफैँले मात्रै आफ्नो अस्तित्वलाई नै प्रभाव पार्ने शोषणकारी भयलाई निमिट्यान्न गर्न सक्दैनन् ।

हालैको एक सर्वेक्षणअनुसार एकतिहाइ अमेरिकी युवा अमेरिकामा जन्मेका बासिन्दालाई राजनीतिक फाइदाका लागि आप्रवासीले प्रतिस्थापन गरिरहेका छन् भन्ने उद्देश्यपूर्ण अभियान चलिरहेको विश्वास गर्छन् । सोही सर्वेक्षणअनुसार आधाभन्दा बढी रिपब्लिकनले श्वेत समुदायको सांस्कृतिक र राजनीतिक शक्ति घटाउन आप्रवासी मतदाताको संख्या नियतवश बढाउने प्रयास भइरहेको छ भन्नेमा विश्वास गर्छन् ।

प्रकाशित मिति: : 2022-05-19 15:54:00

प्रतिकृया दिनुहोस्