गोरखामा स्वतन्त्र उम्मेद्वार : जसले आफैंलाई भोट हालेनन्

File Photo
File Photo

दलबाट होस्, या स्वतन्त्र उम्मेद्वार। चुनावमा उठेपछि सबैको एउटै लक्ष्य हुन्छ, ‘जित’। भनिन्छ, ‘युद्धपछि मान्छेले जित प्राप्तिका लागि हरेक तिक्डम अपनाउने भनेको चुनावमा नै हो।’ 

तर, गोरखामा गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ३ मा भने यसको ठिक उल्टो भएको छ।

वडा अध्यक्ष पदमा स्वतन्त्र उमेद्वारी दिएका हिरा बहादुर रेग्मीले जित्नका लागि अनेक तिक्डम अपनाउनु त परको कुरा आफैंले आफैंलाई समेत मतदान गरेनन्।

रेग्मी नेकपा माओवादी केन्द्रमा क्रियाशील थिए। माओवादी केन्द्रबाट उनी वडाध्यक्ष पदको आकांक्षी थिए। तर, पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेद्वारी दिएका हुन्। ‘पुतली’ चुनाव चिह्न लिएर उनी चुनावी मैदानमा होमिएका थिए। 

यस वडामा १९०५ मत खसेको थियो। अन्तिम मतपरिणाम सार्वजनिक हुुँदासम्म पनि रेग्मीले १ मत समेत प्राप्त गरेनन्। 

निर्वाचन अधिकृत कार्यालयका अनुसार उनले मतगणना गर्दा आफू पनि उपस्थित भएनन् र प्रतिनिधि पनि पठाएका थिएनन्। 

प्रकाशित मिति: : 2022-05-19 13:18:00

प्रतिकृया दिनुहोस्