उर्लाबारी–८ मा एमालेको प्यानलै विजयी

उर्लाबारी नगरपालिका–८मा नेकपा एमालेकाे प्यानलै विजयी भएको छ। 

वडा नं–८ मा कुलबहादुर कार्की १६५७ मतका साथ वडाअध्यक्षमा निर्वाचित भएका छन्।

यस्तै महिला सदस्यमा चन्द्रा डाँगी १६५६, दलित महिला सदस्यमा कल्पना रोक्का१७३५ र खुला सदस्यमा डम्बर बराल१६४३ र रुद्र प्रसाद लामिछाने १६४१ मत प्राप्त गरि निर्वाचित भए।

उक्त वडाक‍ो निर्वतमान वडाअध्यक्ष समेत रहेका कार्कीले उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका कोमलप्रसाद खतिवडालाई ४६०मतले पराजित गरेका हुन्। खतिवडाले ११९७ मत प्राप्त गरेका छन्।


 

प्रकाशित मिति: : 2022-05-19 11:57:00

प्रतिकृया दिनुहोस्